दोश्रो नेपाल आइडलको बिजेता बने रवि ओड


nepal idol, nepal idol season 2, winner of nepal idol season 2, ravi oad, nepal idol season 2 winner ravi oad,






















पुल्चोक इञ्जिनियरिङ् कलेजको चौरमा नेपाल आइडल कोसले जित्ला भनेर नाम सुन्नेको हतारो हुनुका साथै संगीतको रौनकले चौर तात्तिएको थियो. मन जित्छ उसले, राम्रो गाउछ जसले' भन्ने टयाग्लिनका साथ साउन २४ गते नेपाल आइडल सिजन को सुरुवात भएको थियो जसमा बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी रवि ओड नेपाल आइडल सिजन को उत्कृष्ट मा पुगेका थिए. यस नेपाल आइडल सिजन को बिजेता रवि ओड बन्न सफल भए. उनले पुरस्कारस्वरुप २२ लाख रुपैंया बराबरको चेक, एउटा होन्डा डब्लुआराभी f प्राप्त गर्नुका साथै एउटा अल्बमको सम्झौता विश्व भ्रमण गर्ने मौका पाएका छन्. उनको विश्व भ्रमण जापानबाट सुरु हुने भनि रिमा विश्वकर्माले भनिन. उनले टाइटल जितेपछि भने – “"यो जित मेरो मात्र होइन . मलाई साथ सहायोग, माया भोट दिएर यो सफलता दिलाउने तपाई सबैको जित हो" . बधाई तथा शुभकामना प्राप्त गरिरहदा उनि बोल्न सकेका थिएनन्. आशु झारिरहेका थिए.

को हुन् रवि ओड ?



धनगडी अडिसनमा 'जाउला रेलैमा' बोलको गीत गएर नेपाल आइडल मा प्रवेश पाएका थिए . बाल्यकालमै आम गुमेका उनले औपचारिक रुपमा संगीत सिकन पाएनन् तर मेला महोत्सभरुमा गीत गाइरहन्थे . उनलाई लोक दोहोरि, क्लासिक, मेलोडिअस, फिल्मी सबै प्रकारका गीतमा सुहाउथे . गरिब परिवारमा जन्मेका ओडका बुबा भारतमा ज्यालादारी गरेर परिवार चलाउछन  . उनलाई नेपाल आइडल बनाउन सुदुरपश्चिम क्षेत्रका दर्शकले लगातार भोट गरेका थिए  .



त्यसैगरी बिक्रम बराल दोस्रो भै २० लाखको चेक प्राप्त गरे भने तेश्रो बन्न सफल सुमित पाठक ले रु १२ लाखको चेक पाए  . अस्मिता अधिकारी चौथो भइन\ . उनले होन्डा कम्पनीको स्कुटर प्राप्त गरेकी छन् . उनीहरु फैनालिस्ट जनवरी देखि विश्व भ्रमण गर्ने छन्  .

Nhận xét